यसअघि कोरोनाभाइरस मुक्त भइसकेको भनेर डिस्चार्ज गरिएका वीरगन्जमा दुई जनामा फेरि कोरोनाभाइरस देखिएको छ । उनीहरुलाई यसअघि १४ वैशाखमा ठिक भएको भन्दै फर्काइएको थियो ।
३० चैत र १ वैशाखमा कोरोनाभाइरस पुष्टि भएपछि उनीहरुको उपचार गरिएको थियो । डिस्चार्ज भएको एक सातापछि उनीहरुलाई कोरोनाभाइरस परीक्षण गर्न फेरि बोलाउँदा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
एक भारतीय मुस्लिम समुदायका व्यक्ति र १९ वर्षका एक युवामा कोरोनाभाइरस देखिएकको थियो ।
अब उनीहरुलाई फेरि आइसोलेसनमा राखिएको छ ।
नेपालमा अहिलेसम्म ८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये १६ जना ठिक भएका भनिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।