सनसिटीका पुरुषमा फेरि देखियो कोरोनाभाइरस

यसअघि कोरोनाभाइरस मुक्त भएका सनसिटीका युवालाई फेरि कोरोनाभाइरस देखिएको छ । 

योसँगै नेपालमा एकपटक ठिक भइसकेका व्यक्तिमा कोरोनाभाइरस फेरि देखिएको संख्या ३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा ५२ वर्षका पुरुषमा फेरि कोरोनाभाइरस देखिएको हो ।

५ चैतमा बेलायतबाट आएका उनी र उनकी ८१ वर्षकी आमालाई यसअघि १ वैशाखमा कोरोनाभाइरस भएको पुष्टि भएको थियो । त्यसपछि उपचारमा बसेका उनीहरु ११ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएका थिए । उनीहरु पाटन अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका थिए ।

तर, एक सातापछि फेरि परीक्षण गर्दा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ४:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया