भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजारभन्दा बढी

भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार ७ सय ११ पुगेको छ । यो महामारीका कारण भारतमा अहिलेसम्म १ हजार ५ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा कोरोना संक्रमण भएका १३ हजारभन्दा बढी मानिसहरुले यसलाई जितिसकेका छन् । 

भारतमा महाराष्ट्र कोरोनाको हटस्पट बनेको छ । महाराष्ट्रमा मात्र अहिलेसम्म १५ हजार ५ सय २५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ मुम्बईमा मात्र ६ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यस्तै, भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोनाभाइरस संक्रमितको संख्या ५ हजारभन्दा बढी पुगेको छ । अहिलेसम्म दिल्लीमा कोभिड १९ का कारण ६४ जनाले ज्यान गुमाएका छन् । 

 





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ५:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया