श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले होटल क्षेत्रमा कार्यरत श्रमिकलाई चैत महिनाको पूरा तलब दिन निर्देशन दिएको छ । श्रम सचिव विनोद केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।
होटल क्षेत्रमा कार्यरत श्रमिकले तलब नपाएपछि मन्त्रालयले होटल एशोसिएसन नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र पदाधिकारीलाई छलफलका लागि मन्त्रालयलमा बोलाइएको थियो ।
चैत्र महिनासम्मको तलब/पारिश्रमिक सरकारको निर्णयबमोजिम तत्काल फरफारक गर्ने व्यवस्था सम्बन्धित होटल व्यवसायले मिलाउने तथा उक्त कार्यको सहजीकरण होटल एशोसिएसन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने सहमति भएको प्रवक्ता सुमन घिमिरेले बताए । तलब दिए/नदिएको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको घिमिरेले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।