विप्लवका इलाम इन्चार्जसहित तीन पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ३ जनालाई विष्फोटक पदार्थसहित पक्रेको छ । मंगलबार बिहानको राति उनीहरूलाई माई नगरपालिका–९, बोरुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पार्टीका इलाम जिल्ला इन्चार्ज ‘हिमाल’ भनिने पुष्पबहादुर कोइराला र कार्याकर्ताद्वय ‘जलन’ भनिने पासाङदण्डु शेर्पा तथा ‘सौरभ’ भनिने पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई पक्राउ गर्न प्रहरीले ७ राउन्ड हवाई फायरसमेत गरेको थियो । कोइराला संखुवासभाको चैनपुर वडा ६ का हुन् भने शेर्पा ताप्लेजुङको मिक्वाखोला–८ र तामाङ उदयपुरको ताप्ली गाउँपालिका ६ का बासिन्दा हुन् ।     





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ६:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया