अनिश्चित भयो नेकपा स्थायी कमिटी बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अनिश्चित भएको छ । 

बुधबार दिउँसो बसेको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रस्ताव अहिले तयार पार्न नसकेको जानकारी दिएपछि यो बैठक स्थगित भएको हो । 

बुधबार बसेको सचिवालय बैठकले अब स्थायी समिति बैठक गर्ने वा के गर्ने भन्ने विषयमा निर्णय लिन दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । तर, पछिल्लो समय नेकपामा देखिएको विवादका कारण यो बैठक तत्काल बस्ने सम्भावना टर्दै गएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सन्चो नभएको भन्दै आराम गर्न बैठकको बीचमा नै निस्किएका थिए । त्यसपछि बैठक रोकियो ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार १९:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया