रुसमा लगातार चौथों दिन १० हजारभन्दा धैरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
अब रुसमा कम्तिमा पनि १ लाख ६५ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित भएका छन् । कोरोनाका कारण रुसमा अहिलेसम्म १ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घन्टामा रुसमा ८६ जनाको निधन भएको छ ।
रुसमा पहिले नै कोरोनाभाइरस संक्रमितमाथि आफूहरुले नियन्त्रण लिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका थिए । अहिले चाहिँ त्यहाँ प्रधानमन्त्री र निर्माणमन्त्री नै कोरोनाभाइरस संक्रमण भएर आइसोलेसनमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।