बुधबार विहान ६ बजेतिर गाउँमा पसेर ३ जनालाई आक्रमण गरेको चितुवालाई चन्द्रागिरी नगरपालिका ६ मा स्थानीयले लाठी हानेर मारेका छन् । यो चितुवाले गाउँका अन्य ४ जनालाई पनि चिथोरेको थियो ।
पहिले ३ जनालाई आक्रमण गरेपछि भीड जम्मा भएलगत्तै चितुवा जंगलमा पसेको थियो ।
तर, केही घन्टामा फेरि फर्किएर आएर चितुवाले चार जनालाई चिथोर्यो । त्यसपछि भीडले लाठी हानेर चितुवालाई मारेका हुन् ।
मृत चितुवालाई अब सव डिभिजन वन कार्यालय थानकोटलाई बुझाइएको छ । ‘चितुवाले बारम्बार आएर मानिसमाथि आक्रमण गर्न थालेपछि हामीले भाला प्रयोग गरेर मारेका हौँ,’ स्थानीय सुमन श्रेष्ठले फरकधारलाई भनेका छन् ।
केही दिनअघि कीर्तिपुरमा पनि ४ वटा चितुवा आएका थिए । यी चितुवाले मानिसलाई आक्रमण त गरेनन् तर मानिसहरु अहिले पनि त्यहाँ त्रसित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।