दोलखाकाे सुंगुरेमा चट्याङका कारण एककाे मृत्यु

दोलखाको मेलुङ गाउँपालिका-५ स्थित डाडाखर्कमा चट्याङ लागेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो बर्षातसंगै परेको चट्याङ लागेर रामेछापको दोरम्बा १, घर भई डाडाखर्कस्थित माईत आएकी अन्दाजी ५० वर्षिया सितामाया श्रेष्ठको मृत्युु भएको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार केही दिनअघि माईत आएकी ती महिला आफ्ना भाईको साथ लागेर बुधबार दिउँसो माईती गाउँकै आफन्तको घरमा भेटघाट गरेर फर्किदै थिईन् । 'माईती गाउँमा आफन्तको घरबाट आफ्नो माईतीघर फर्किदै गर्दा मेघ गर्जनसहित परेको चट्याङले सुंगुरे भन्ने स्थानमा उनको घटनास्थलमै मृत्यु भएछ' उनले भने, 'मृतकका भाइ अन्तरे श्रेष्ठ भने घाइते छन्, अवस्था सामन्य छ, उनको उपचार भईरहेको छ ।'





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार २३:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया