दुबईमा काेराेनाका कारण थप एक नेपालीकाे मृत्यु, अर्घाखाँचीका मात्रै २ जना

दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका युवराज गैरेको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो । बिगत १५ वर्षदेखि दुबईमा रोजगारी गर्दै आएका ४७ वर्षीय गैरेको बैशाख २१ गते कोरोना संक्रमणका कारण ज्यान गएको परिवारले जानकारी दिएको छ ।

स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई अस्पताल लगिएको थियो । सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसका कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलरले जानकारी दिएको गैरेकी श्रीमती शान्ता गैरेले बताइन् ।

योसँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यसअघि आबुधाबीमा कार्यरत सन्धिखर्क नगरपालिका–६ जगतका सुशील भट्टराईको मृत्यु भएको थियो । भट्टराईको ज्यान जानुको कारण थाहा हुन नसकेको र अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार २३:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया