वीरगन्जमा तीन वडा सील

जिल्ला सुरक्षा समितिले वीरगन्ज महानगरपालिकाका तीन वडा सिल गर्ने निर्णय गरेको छ । 

बुधबार एकै परिवारका १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि वीरगन्जमा यस्तो निर्णय गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणमा आएका सबै व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने र तीव्र पार्ने पनि निर्णय गरेको छ । 

कोभिड १९ संक्रमण फैलनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबिएस स्कुल, पानी ट्यांकी चौक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगन्ज महानगरपालिका १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा १, २ र ३ का इलाकाहरु समेटिने गरी शिलबन्दी गर्ने निर्णय भएको हो ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ०:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया