युभेन्टसका खेलाडी फर्किए इटाली

र्जियो चिलिनीको नेतृत्वमा युभेन्ट्सका खेलाडी मंगलबार क्लबको स्पोर्टस सेन्टरमा व्यक्तिगत प्रशिक्षणमा उत्रेका छन् । इटालीमा फर्किसकेका क्रिस्टियानो रोनाल्डो भने दुई साताका लागि क्वारेन्टाइनमा बसेका छन् ।

क्लबका ३५ वर्षीय कप्तानका नेतृतवमा सुरुमा इटालीका डिफेन्डर लियोनार्डो बोनुची र मिडफिल्डर आरोन राम्सी अभ्यासका लागि पुगेका थिए । चिलिनीले कालो मास्क लगाएका थिए ।

सरकारको अनुमतीपछि यो प्रशिक्षण सुरु भएको हो । सिरी ए च्याम्पियन क्लबका अनुसार यो प्रशिक्षक व्यक्तिगत हुनेछ र यसक्रममा सबै सावधानीका उपाय अपनाइनेछ ।

अभ्यास सुरु गर्न अगाडि त्यसमा सहभागी हुने सबै खेलाडीको कोरोना भाइरसको परिक्षण पनि गरिएको थियो । रोनाल्डोले भने क्वारेन्टाइन र कोरोना भाइरस परिक्षणपछि मात्र प्रशिक्षणमा सहभागिता जनाउने छन् ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया