इरानमा फेरि फर्कियो कोरोना कहर

विश्वमा कहर मच्चाइरहेको कोरोनाभाइरसका कारण इरानको चिन्ता फेरि एकपटक बढेको छ । केहीअघिसम्म इरानमा कोरोनाभाइरस नियन्त्रणमा आएको अनुमान गरिएको थियो । तर, बुधबार अचानक त्यहाँ कम्तिमा पनि १६८० जनामा कोरोनाभाइरस संक्रमण देखियो । 

११ अप्रिलपछि एकै दिन यति धेरै कोरोना संक्रमित देखिएको यो पहिलो पटक हो । अब इरानमा कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी भइसकेको छ ।
त्यसैले, इरानमा फेरि कोरोना कहर फैलियो भन्न थालिएको छ । किनकि पछिल्ला चार दिनमा त्यहाँ संक्रमितहरु बढिरहेका छन् ।

इरानको स्वास्थ्य मन्त्रालयले देशमा अनावश्यक यात्राहरु बढेका कारणले यो संक्रमण बढेको हुनसक्ने बताएका छन् । 

इरानमा ११ अप्रिलदेखि लकडाउन खुकुलो बनाइएको थियो । जोखिम भएका क्षेत्रहरुमा मस्जिदहरु खोलिएको थियो । पछिल्लो २४ घन्टामा इरानमा कोरोनाका कारण ७८ जनाको ज्यान गएको छ । योसँगै त्यहाँ मृतक संख्या ६ हजार ४ सय १८ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १०:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया