करणी प्रयास गरेर सुरक्षा माग गर्दै प्रशासन पुगेपछि...

रसुवामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ का ३६ वर्षीय छोवाङ नाम्गेल घले पक्राउ परेका हुन् । 

उनले एक महिलालाई राति सुतिरहेको अवस्थामा जवरजस्ती करणी प्रयास गरेका थिए । घटना भए लगत्तै महिलाका श्रीमानले उनलाई लखेटे । त्यसपछि उनी आफैं सुरक्षाको माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय रसुवा पुगे ।  

बुधबार बिहान पीडितले कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपछि उनी कार्यालयबाटै पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई जिल्ला अदालत रसुवाबाट करणी सम्बन्धी कसुर पहिलो पटक १५ दिनको म्याद थपेर हिरासत राखिएको छ । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ११:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया