फेरि राम्रो हुन थाल्यो चीनको व्यापार

यो अंग्रेजी वर्षमा पहिलो पटक अप्रिलमा चीनको निर्यातमा अप्रत्याशित रुपमा वृद्धि दर्ज भएको छ । यसले गर्दा चीनमा अहिले निर्माताहरुले राहत महसुस गरेको समाचार अन्तर्राष्ट्रिय तथा चिनियाँ सन्चारमाध्यममा आउन थालेको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको सप्लाइ चेन कोरोनाभाइरसका कारण सबैभन्दा पहिले प्रभावित भएको थियो । तर, अब यो विस्तारै सकारात्मक हुन थालेको छ ।

मार्चमा चाहिँ चिनियाँ व्यापार निकै खस्किएको थियो । मार्चको अन्त्यमा विस्तारै यसमा सुधार आउन थालेपछि चिनियाँ व्यापारीहरुले चिन्ता कम गर्न थालेको चिनियाँ मिडियामा समाचार छ । 

चीनको सरकारी तथ्यांकअनुसार अप्रिलको महिनामा चीनमा निर्यात एक वर्ष अघिकोभन्दा ३.५ प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो वर्ष डिसेम्बरपछि भएको वृद्धि हो । 

 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १३:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया