काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ । पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सो माग राखेका हुन् ।
उनले गिरफ्तारमा परेका पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलगायतको रिहाइ माग गरेका छन् ।
कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै पार्टीले कारबाही स्थगन गरेको तर सरकारले भने आतंक र हिंसा मच्चाएको विप्लवले आरोप लगाएका छन् । यसविरुद्ध लड्न सबैमा अपिलसमेत गरेका छन् ।
प्रहरीले उपचारका लागि अस्पताल पुगेका अनिल शर्मा र दुर्गा सुवेदीलाई चितवनबाट गिरफ्तार गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।