बेलायतले अहिलेसम्मकै गहिरो आर्थिक मन्दीको सामाना गर्नेछ

बैंक अफ इंग्ल्यान्डले कोरोनाभाइरस महामारीका कारण बेलायतको अर्थतन्त्र अहिलेसम्मकै गहिरो मन्दीमा धकेलिदिएको बताएको छ । बैंकले अब निश्चित र ठोस पहल नचाले ठूलो समस्या भित्रिने पनि जनाएको छ ।

जुनमा लकडाउन पूर्ण रुपमा अन्त्य नगरे बेलायतको लकडाउन कयौँ वर्षपछि सबैभन्दा कमजोर हुने बैंकले जनाएको छ ।

महामारीको आर्थिक प्रभाव स्पष्ट गर्नका लागि बैंकले केही सम्भावनाहरुलाई अगाडि ल्याएको छ । कोभिड १९ का कारण बेलायतमा बेरोजगारी नाटकीय रुपले बढ्ने पनि बैंकले जनाएको छ ।

बेलायती नीति तथा निर्माताले ब्याजदरमा ०.१ प्रतिशतको रेकर्ड स्तरमा राख्नका लागि मतदान गरेका छन् । तर, यसको र त्यहाँको मौद्रिक नीतिमा चाहिँ फरक पाइएको छ ।

बैंक अफ इंग्ल्यान्डले उसको यो विश्लेषण जुनदेखि सेप्टेम्बरबीच चरणबद्ध तरिकाले लकडाउन समाप्त गरिन सक्ने सम्भावनामा आधारित रहेको जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १७:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया