अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । यसको बाबजुद राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ आफ्नो ध्यान फेरिरहेका छन् । उनले फेरि अर्थव्यवस्था खोल्ने तयारी सुरु गरेका छन् । यसका लागि उनले अब अमेरिकामा सहरहरुमा विस्तारै लकडाउनको अन्त्य घोषणा गर्न सक्नेछन् ।
अमेरिकी मिडियामा त्यसैले ट्रम्पले आफ्नो ध्यान फेरेको हुनसक्ने समाचारहरु आउन थालेका छन् ।
बुधबार चाहिँ उनले लकडाउन हटाउने हो भने मृतकको संख्या ह्वात्तै बढ्न सक्ने अनुमान गरेका थिए । उनले भनेका थिए, ‘यस्तो नहुन पनि सक्छ ।’
अमेरिकामा विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ १२ लाखभन्दा धेरै संक्रमति भेटिएका छन् भने कोभिड १९ का कारण ७३ हजारले ज्यान गुमाइसकेका छन् ।
सरकारी तथ्यांकअनुसार अमेरिकामा गत सातासम्म तीन करोड मानिसले बेरोजगारीलाई मिल्ने सुविधाका लागि आवेदन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।