पर्सामा चट्याङ लागेर एक बालिकाको मृत्यु

बिहीबार विहान चट्याङका कारण रोल्पामा दुई जनाको मृत्यु भएको समाचार आएको केहीबेरमा नै पर्सामा पनि चट्याङ लागेर एक बालिकाको मृत्यु भएको समाचार आएको छ । 

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ की ६ वर्षीया उषाकुमारी साहको चट्याङका कारण निधन भएको हो । 

बिहीबार बिहान हावाहुरीसहित मेघ गर्जेर पानी परेको समयमा उषा बेहोस भएकी थिइन् । उषाको शरीरमा कुनै चोटपटक नदेखिए पनि उनको मृत्यु चट्याङ लागेर भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १९:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया