काेसी अस्पतालमा थप ८ जनाले जिते काेराेनाभाइरस, शुक्रबार डिस्चार्ज गरिने

विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा बस्दै आएका उदयपुरको भुल्केका थप ८ जना संक्रमित कोरोना भाइरसमुक्त भएका छन् ।

उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएको हो । उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएको मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको हाे । बाँकी ७ जनाकाे रिपाेर्ट चाहिँ अझै पाेजेटिभ आएकाे छ । नेगिटिभ रिपोर्ट आउनेमा १ भारतीय, विराटनगर १७ का २ र १ महिलासहित ५ जना भुल्केका छन् ।

उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार २०:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया