भेटिए २ नयाँ कोरोनाभाइरस संक्रमित, नेपालमा संक्रमित संख्या १०१

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या एक सय नाघेको छ । यसअघि नेपालमा कोरोनाभाइरसबाट ९९ जना संक्रमित भएका थिए ।

आज कपिलवस्तुमा दुई जना कोरोनाभाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या सय नाघेको हो । 

कपिलवस्तुको मायादेवी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यी दुवै जनाको कोरोना परीक्षण काठमाडौंमा गरिएको थियो । यसबारे केही बेरमा स्वास्थ्य मन्त्रालयले जानकारी दिनसक्ने बताइएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार २१:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया