संक्रमित बढिरहेका छन्, तर शनिबारबाट लकडाउन हट्दैछ पाकिस्तानमा

पाकिस्तानमा शनिबारबाट लकडाउन अन्त्य गरिँदैछ । अब त्यहाँका बजारहरु खुल्नेछन्, जनजीवन सामान्य हुने विश्वास गरिएको छ । 

अब अस्पतालहरुमा ओपिडी सेवा पनि फेरि सुचारु हुँदैछ । यसअघि कोरोना संक्रमण रोक्न ओपिडी बन्द गरिएको थियो । 

लकडाउन खुले पनि पाकिस्तानका स्कुल तथा कलेजहरु तत्काल खुल्ने छैनन् । त्यहाँ यो समयमा हुनु पर्ने सबै परीक्षाहरु रद्द गरिएका छन् ।

त्यसो त लकडाउन खुले पनि अहिले तत्काल त्यहाँ पसलहरु खोल्नका लागि निश्चित समय तोकिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लकडाउन हटाउने भन्दै मानिसहरुलाई सामाजिक दूरी चाहिँ अनिवार्य फलो गर्न अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार २२:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया