कोरोनाभाइरसः बेलायतमा ३०६१५ को निधन, लकडाउन खुकुलो बनाउने तयारी

बेलायतमा बिहीबार कोरोनाभाइरस संक्रमणबाट ५ सय ३९ जनाको निधन भएको छ । योसँगै अब त्यहाँ निधन हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । 

बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोना संकटबारे हुने दैनिक बिफ्रिङमा मृतकको संख्या दुखद भएको र पिपिई सप्लाई तथा केयर होम्सको व्यवस्थापन एउटा ठूलो चुनौति भएको बताएका छन् । 

राबले अहिले नै बेलायतमा लकडाउन अन्त्य गर्दा संकट दोस्रो चरणमा जान सक्ने सम्भावना रहेको पनि बताएका छन् । तैपनि लकडाउन केही खुकुलाो बनाउने तयारी भएको पनि उनले जानकारी गरेका छन् । आइतबार प्रधानमन्त्री बोरिस जोनसनले त्यहाँ लकडाउन खुकुलो बनाउने आफ्नो योजना प्रस्तुत गर्नेछन् ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार २२:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया