तेह्रथुममा बाबु र सौतेनी आमको हत्या गरेँ भन्दै प्रहरीमा फोन गरेपछि...

तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर ५ मा एक युवाले बाबुआमाको हत्या गरेका छन् । अब उनी प्रहरी नियन्त्रणमा छन् ।

त्यहाँको इसिबु गाउँका यी २० वर्षका युवाले बाबुआमाको हत्या गरेपछि आफैं प्रहरीमा फोन गरेका थिए । बिहीबार साँझ बाबुआमाको हत्यापछि उनले प्रहरीमा फोन गरेर प्रहरीलाई बोलाएका थिए । 

त्यसपछि उनी त्यहाँबाट भागेका थिए । तर, प्रहरीले उनलाई पिछा गर्न थालिसकेको थियो । उनलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनले प्रहरीमा सामान्य घरायसी विवादमा आफूले बाबुआमाको हत्या गरेको बताएका छन् । ४२ वर्षका बाबु र ३५ वर्षीया सौतेनी आमालाई उनले बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।  
 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार ९:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया