भारतको महाराष्ट्रमा पटरीमा सुतेका १४ मजदूरको मृत्यु

भारतको महाराष्ट्रको औरंगबादमा रेलले किल्चिँदा १४ प्रवासी मजदूरको मृत्यु भएको छ । 

दक्षिण मध्य रेलवेका प्रमुखले बिबिसीलाई बताएअनुसार अरु पाँच जना त्यहाँको अस्पतालमा भर्ना भएका छन् । उनीहरु पटरीमा सुतिरहेको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । यी पाँच जनाको अवस्था पनि गम्भीर भएको बताइएको छ ।

यो शुक्रबार विहान स्थानीय समयअनुसार साढे पाँच बजेको घटना हो । 

त्यहाँ एक स्टिल उद्योगमा काम गर्ने यी मजदूरहरु त्यहाँबाट रेल पाइने र भुसावल भन्ने ठाउँमा जाने तयारीमा थिए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार ९:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया