जानीजानी कोरोना फैलाएमा भारतमा जन्मकैद !

भारतको उत्तर प्रदेशले कोरोनाभाइरस रोकथामका लागि नयाँ अस्थायी कानुन ल्याएको छ । यो कानुनअनुसार कसैले पनि कोरोनाभाइरस फैलाएको पाइएमा र उसले फैलाएको कोरोनाभाइरसका कारण संक्रमितको निधन भएमा त्यो व्यक्तिलाई जन्मकैदसम्म हुनसक्नेछ ।

बुधबार पारित गरिएको यो कानुनमा ‘जानीजानी संक्रमण फैलाएमा’ दुई वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुने भनिएको छ । 

तर, यदि जानेरै यसरी कोरोनाभाइरस संक्रमण फैलाएको पाइए र संक्रमित व्यक्तिको निधन भएमा सात वर्षदेखि जन्मकैद र कम्तिमा पनि ४ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ ।

यो नियम आएपछि त्यहाँ स्वास्थ्य विशेषज्ञहरुले यसको निकै ठूलो आलोचना गरेका छन् ।

तर, यसको चाहना चाहिँ कोही पनि कोभिड १९ भएका मानिसहरु उपचार गर्नबाट नछुटुन्, उनीहरुले आफैं आएर आफ्नो समस्या भनुन् भन्ने भएको त्यहाँको सरकारले टाइम्स अफ इन्डियालाई बताएका छन् । 

भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार पुगिसकेको छ । त्यहाँ झन्डै २ हजारको निधन कोभिड १९ का कारण भएको छ ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार ९:४५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया