काठमाडौं– शारीरिक अस्वस्थता देखाउँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बैठक छाडेर हिँडेपछि स्थगित भएको नेकपाको स्थायी कमिटी बैठक अनिश्चितजस्तै भएको छ ।
बैठक स्थगित भएपछि असन्तुष्ट २० स्थायी कमिटी सदस्यले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बैठक तत्काल बोलाउन माग गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा प्रतीकात्मक बैठक आयोजना गरेलगत्तै उनीहरू प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । उनीहरुलाई आश्वस्त पार्दै प्रचण्डले दुई–चार दिनमै बैठक डाकेर विषयमाथि छलफल गर्ने बताएका छन् ।
प्रचण्डले अहिले विविध कारणले बैठक राख्न नसकिएको बताउँदै बैठकबाट पन्छन नसकिने बताएका थिए ।
बुधबारको सचिवालयले बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।