कोरोना महामारीमा हात मिलाएर ट्रोलको सिकार बने स्वास्थ्यमन्त्री

काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट जोगिन हात नमिलाउन दिएको सुझाब उल्लंघन गरेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आलोचनाको पात्र बनेका छन् । स्विजरल्यान्ड सरकारले नेपाललाई दिएको कोरोना परीक्षण किट लिन एअरपोर्ट पुगेका स्वास्थ्यमन्त्री ढकालले सामग्री हस्तमन्तरणका क्रममा नेपालका लागि स्विट्जरल्यान्डकी राजदूतसँग हात मिलाएका थिए । 

अहिले उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेका छन् । त्यसो त असावधानीका कारण उनी आलोचित बनेको यो पहिलोपटक भने होइन । यसअघि नेपालमा पहिलोपटक कोरोना संक्रमित भेटिएको जानकारी गराउन स्वास्थ्य मन्त्रालयमै आयोजना गरिएको पत्रकार सम्मेलनमा विनामास्क प्रस्तुत हुँदा पनि उनको व्यापक आलोचना भएको थियो ।

सो पत्रकार सम्मेलनमा पत्रकारलाई सामाजिक दूरी कायम गराउने व्यवस्था त परको कुरा स्वयं मन्त्रालयका अधिकारी नै विनामास्क सामान्य अवस्थामाझैँ ठेलमठेल भएर बसेका थिए । 

आमसर्वसाधारणलाई सजग गराउनुपर्ने प्रमुख दायित्व बोकेको जिम्मेवार निकायका प्रमुख व्यक्तिले नै यसरी लापरबाही गरेपछि अरुले उनीबाट के सिक्ने ? 

यो विषयले अहिले सामाजिक सञ्जाल तातेको छ । 
 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार ११:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया