पछिल्ला २४ घन्टामा भारतमा कोभिड १९ संक्रमणका ३ हजार ३ सय ९० जना नयाँ बिरामी भेटिएका छन् । भारतमा अहिलेसम्म एकै दिन सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको यो पहिलो पटक हो ।
यही २४ घन्टामा भारतमा १२७३ जनाले कोरोनाभाइरसलाई जितेका पनि छन् ।
शुक्रबार साँझ भएको प्रेस बिफ्रिङमा भारतको स्वास्थ्य मन्त्रालयले भारतका ४२ जिल्लामा पछिल्ला २८ दिनमा एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको पनि जनाएको छ । २९ जिल्लामा पछिल्ला २१ दिन, ३६ जिल्लामा पछिल्ला १४ दिन, ४६ जिल्लामा पछिल्ला सात दिन कोरोनाभाइरस संक्रमित नभेटिएको पनि जनाइएको छ ।
भारतमा अब झन्डै दुई हजार जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या झन्डै ५५ हजार पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।