सिंगापुरको एक पार्कमा आजभोलि एउटा कुकुर जति बेलै बसिरहेको हुन्छ । तर, यो जीवन भएको कुकुर होइन । यो ट रोबोट कुकुर हो ।
यो स्पट रोबोट हो जसलाई रोबोटिक्स कम्पनी बोस्टन डायनमिक्सले बनाएको हो ।
सिंगापुरको सरकारी एजेन्सी गवटेकका अनुसार यो कुकरलाई सामाजिक दूरीको पालना भए नभएको हेर्नका लागि अनुबन्धन गरिएको छ । तर, केही मानिसहरुले यसले दुःख दिएको आवाज उठाउन थालेका छन् ।
सामाजिक सन्जालमा अब उनीहरुले लेख्न थालेका छन्– छिट्टै अब रोबोटले हामीमाथि राज गर्नेछ ।
तर, यो रोबोटले कसैको पिछा गर्ने चाहिँ होइन । यसमा त एउटा रेकर्ड गरिएको सन्देश बजिरहेको हुन्छ । अनि यसमा एउटा क्यामेरा पनि फिट गरिएको छ । यसबाट पार्कमा आएका मानिसहरुमाथि निगरानी गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।