बाबुबाट बारम्बार बलात्कृत किशाेरीकाे क्यान्सरका कारण निधन

आफ्नै बुबाबाट पटक–पटक बलात्कृत भएकी एक १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । ओखलढुङ्गाकाे सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।

२०७५ भदौमा बाबुबाट बलात्कृत भएपछि किशोरी ओखलढुंगामा परिवर्तनशील सामुदायिक संस्थाले सञ्चालन गरेको सेफ हाउस मार्फत उपचारका लागि काठमाडौ पठाइएको थियो ।

घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढाइको जिम्मा काठमाडौँस्थित एसओएस बालग्रामले लिएको थियो ।

किशोरीको घुँडाको क्यान्सर उपचारपछि सामान्य निको भएपनी छ महिनापछि रगतको माध्यमबाट फोक्सोमा क्यान्सर संक्रमण भएपछि काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको परिवर्तनशील सामुदायिक संस्था ओखलढुंगाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिइन् ।

ती किशोरीका दुई जना भाइहरु एसओएस बालग्राम काठमाडौकै संरक्षणमा अध्ययन गरिरहेका छन् । आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत ओखलढुंगाले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ ।

हाडनाता करणी मुद्दामा जिल्ला न्यायाधीश कैलाश केसीको ईजलासले यस्तो फैसला गरेको हो । आमाले दोस्रो विवाह गरेकी थिइन् ।



तीनै जना दिदी भाइहरु हजुरआमासँग बस्दै आएका थिए । १३ वर्षको उमेरमा उनका बाबुले उनलाई पटक-पटक बलात्कार गरेका थिए ।



  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २०:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया