कोरोना अपडेट: बेलायतमा ३१ हजार, इटालीमा ३० हजारभन्दा बढीको निधन

कोरोनाभाइरसले युरोपका दुई देशलाई निकै ठूलो प्रभाव पारेको छ । पछिल्ला २४ घन्टाका मृतक संख्या जोड्द अब यी दुवै देशमा ३० हजारभन्दा बढीको निधन कोभिड १९ का कारण भएको छ । 

बेलायतमा पछिल्लो २४ घन्टामा ६ सय २६ जनाको निधन कोभिड १९ का कारण भएको हो । योसँगै बेलायतमा अब निधन हुनेको संख्या ३१ हजार २ सय ४१ पुगेको छ ।

त्यस्तै, इटालीमा अब ३० हजारभन्दा बढी मानिसको मृत्यु कोभिड १९ का कारण भएको छ । यो युरोपेली युनियनका देशमध्ये सबैभन्दा धेरै मृतक संख्या हो । इटालीमा पछिल्लाे तथ्यांकअनुसार ३० हजार २ सय १ जनाकाे निधन भएकाे हाे । 

काेभिड १९ का कारण ३० हजारभन्दा बढीकाे निधन हुने तस्राे देश अब इटाली बनेकाे छ । यसअघि बेलायत र अमेरिकामा ३० हजारभन्दा बढीकाे निधन भइसकेकाे छ ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २१:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया