सांसद ‘अपहरण’ मुद्दा अब प्रहरीमा

जनता समाजवादी पार्टीका नेता तथा सांसद डा. सुरेन्द्र यादवले ‘अपहरण’ भएको भन्दै दिएको उजुरी अब प्रहरीमा पुगेको छ । डा. यादवले समाजवादी पार्टीका अन्य नेताहरुसँग सरकारी वकिल कार्यालय पुगेर यो मुद्दा दिएका थिए । महानगरीय प्रहरी परिसरले अब सरकारी वकिल कार्यालयबाट मुद्दा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले २२ वैशाखमा यो मुद्दा दर्ता गरेको थियो । तर, यसअघि प्रहरी र सरकारी वकिल कार्यालय दुवैले यो जाहेरी लिन मानेका थिएनन्  ।

सांसद यादवले सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनीहरुले महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । 

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याएका थिए । तत्कालीन समाजवादी पार्टी फुटाउनका लागि सत्तारुढ दलका नेता तथा सांसदकै संलग्नतामा डा. यादवलाई १४ वैशाखमा काठमाडौं ल्याइएको बताइएको छ ।

अब प्रहरीले यो घटनामा अनुसन्धान गरेको छ । त्यति बेला डा. यादवलाई राखिएको होटल म्यारिएटमा प्रहरी पुगिसकेको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ६:५२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया