अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता नलाग्दैमा आत्तिनु नपर्ने बताएका छन् । उनले यो भाइरस सम्भवतः कुनै भ्याक्सिनविना नै ठिक हुनसक्ने बताएका छन् ।
यसका साथसाथै उनले कोरोनाभाइरस अर्को वर्ष थप बढी खतरानक हुनसक्ने पनि चेतावनी दिएका छन् । अर्को वर्ष अहिलेको भन्दा संक्रमित संख्या अझ बढ्न सक्ने उनले बताएका हुन् ।
शुक्रबार अमेरिकी सदनमा आफ्ना कुरा राख्दै ट्रम्पले यस्तो बताएका हुन् । उनले यो अनुमानमा कुनै वैज्ञानिक तर्क चाहिँ दिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।