चीन–अमेरिका फेरि भिड्दैछन्, यसले विश्वलाई तहसनहस बनाउँछ: आइएमएफ
क्रिस्टिना ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रबार विश्व अर्थतन्त्रसँग जोडिएका नयाँ अनुमानहरुलाई कमी गर्ने संकेत दिएको छ । 

आइएमएफले अमेरिका र चीन फेरि व्यापार युद्धमा अल्झिन नहुनु भन्दै यो चेतवानी दिएको छ कि यस्तो भएमा अहिले कोभिड १९ का कारण बिग्रिएको विश्वको अर्थतन्त्र फेरि कमजोर हुँदै जान्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिना जार्जिभाले युरोपियन विश्वविद्यालयको एक अनलाइन कक्षालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । 

उनले सन् २०२० मा विश्वको अर्थतन्त्र ३ प्रतिशतले कमी हुनसक्ने अनुमान गरेकी छिन् । उनले भनेकी छिन्, ‘तत्काल मेडिकल उपचार नभएको खण्डमा अर्थतन्त्रले त्यसको सामना गर्न मुस्किल हुनेछ । अनि कोरोनाभाइरसबारे अहिले ठोस कुराहरु बाहिर नआइसकेकाले यसको असर अनुमान पनि गाह्रो भइरहेको छ ।’

कोभिड १९ महामारीबाट बाहिर आउन अमेरिकी राष्ट्रपछि ट्रम्पले बारम्बार चीनलाई चुनौति दिँदै आएको र आफ्ना उत्पादनमा थप कर र प्रतिबन्ध लगाउने भएकाले विश्वको अर्थतन्त्र थप खतरामा पुग्ने क्रिस्टिनाले बताएकी छिन् ।

आइएमएफले यो वर्ष सन् १९३० को महामन्दी पछि सबैभन्दा खराब विश्वको अर्थतन्त्रतमा गिरावट आएको पनि बताएको छ । यसले विश्वलाई नै आर्थिक महासंकटमा लगेको पनि आइएमएफले बताउँदै आएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ११:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया