टोकियो ओलम्पिक्सबारे ‘प्लान बी’ छैन

अन्तर्राष्ट्रिय  ओलम्पिक कमिटीका एक वरिष्ठ अधिकारीले अब टोकियो ओलम्पिक कहिले हुन्छ र कसरी हुन्छ भन्ने अनिश्चित भएको बताएका छन् । 

उनले अब ओलम्पिक कसरी गराउने भन्नेमा प्लान बी नभउको बताएका छन् । 

२३ जुलाइबाट हुने भनिएको टोकियो ओलम्पिक ८ अगस्ट २०२१ का लागि सारिएको छ । कोरोनाभाइरसका कारण यो खेलकुदको महाकुम्भ सरे पनि अब त्यसपछि के हुने भन्नेबारे कुनै सोच नबनाइएको ती अधिकारीले बताएका हुन् । 

‘अहिलेसम्म अर्को योजना वा प्लान बी छैन भनेर हामी अगाडि बढेका छौँ,’ ती अधिकारीले भनेका छन्, ‘त्यसैले २०२१ मा पनि हुन नसके ओलम्पिक कहिले र कसरी हुने भन्ने निश्चित छैन ।’





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १३:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया