अष्ट्रेलियाली प्रधानमन्त्रीले विदेशी विद्यार्थीलाई अष्ट्रेलिया जान ‘ढोका खोले’

अष्ट्रेलियन केन्द्रीय सरकारले अब जुलाईबाट नै विदेशी विद्यार्थीहरुका लागि देशमा आउन सक्ने बताएको छ । विदेशी विद्यार्थीले आउन चाहेमा जुलाईदेखि नै विभिन्न मापदण्ड बनाएर आफूले उनीहरुलाई ल्याउने अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

अष्ट्रेलियामा तीन चरणको कोरोनाभाइरस लकडाउन अन्त्य गर्ने योजना बनाउँदै मोरिसनले अष्ट्रेलियाली विद्यार्थीहरुलाई अब सहज वातावरण बनाउने बताएका छन् ।

तर, यसका लागि अत्यन्त कडा खालको क्वारेन्टाइनको नियम पालना गर्नु पर्ने पनि उनले बताएका छन् । 

‘लकडाउनबाट बाहिर आउने तेस्रो चरणमा यो योजना लागू हुनसक्छ, विदेशी विद्यार्थी त्यसपछि अष्ट्रेलिया आउन सक्छन्,’ उनले भनेका छन्, ‘हामी खुल्ला छौँ र अब हामी चाहन्छौँ, हाम्रा संस्थाहरुले यसका लागि काम गर्नेछन् ।’ उनले थपेका छन्, ‘तर, यसका लागि कडा क्वारेन्टाइन हुनुपर्छ ।’

अहिले कम्तिमा पनि १० प्रतिशत विदेशी विद्यार्थीहरुले भिसा र कलेजहरुमा भर्ना पाइसकेको भए पनि लकडाउनका कारण बाहिर नै रोकिनु परेको गुनासो विश्वविद्यालयहरुले गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १५:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया