अछामका तीन जनालाई भारतमा कोरोनाभाइरस संक्रमण

रोजगारीका लागि भारत गएको अछामको एक परिवारका ३ जनालाई कोरोनाभाइरस संक्रमण भएको छ । उनीहरुलाई भारतको पुनामा कोरोनाभाइरस संक्रमण भएको हो । 

श्रीमान, श्रीमती र ८ महिने छोरालाई कोरोनाभाइरस संक्रमण भएको नेपालमा रहेका उनका आफन्तले जनाएका छन् । 

यसअघि भारतमा नेपालका एकै परिवारका आठ जनालाई पनि कोरोनाभाइरस संक्रमण भइसकेको थियो । उनीहरु सबै ठिक भइसकेका छन् । 

भारतमा रहेको नेपाली दूतावासका अनुसार अब भारतमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या ३१ पुगेको छ । यीमध्ये एक जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १६:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया