उदयपुरमा थप एक जनामा कोरोनाभाइरस संक्रमण, संक्रमित संख्या पुग्यो ११०

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ११० पुगेको छ । आज विहान मात्र अन्य सात जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसमा पनि भुल्केका तीन जना थिए । 

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार साँझ एक महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

विहान कोरोनाभाइरस संक्रमण देखिएकाहरुलाई अहिले विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ । साँझ कोरोनाभाइरस संक्रमण देखिएकी यी महिलालाई पनि कोसी अस्पताल लैजाने तयारी भएको छ । 

उदयपुरमा मात्र अब ३२ जनामा कोरोनाभाइरस देखिएको छ । नेपालमा अहिलेसम्म कोभिड १९ का कारण कसैको ज्यान गएको छैन । यसअघि नेपालमा ३१ जना निको भएका छन् । 





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २०:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया