ताप्लेजुङमा अब १ जनामात्र क्वारेन्टाइनमा

शनिवारबाट ताप्लेजुङमा १ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरेर रिपोर्टका आधारमा क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा पठाइएपछि यहाँका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा अहिले जिल्ला भरमा १ जना मात्र रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार शनिबार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा १७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

यो परीक्षणसंगै अब ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको क्वारेन्टाइनमा १ जना मात्र क्वारेन्टाइनमा छन् । कोरोना संक्रमण प्रभाव जिल्ला झापाबाट सिदिङ्वा गाउँपालिका आई पुगेका उनलाई शुक्रबारबाट क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।

केही दिन अघिसम्म यहाँ ३ सय २७ जना क्वारेन्टाइनमा रहेका थिए । लकडाउन अवधिमा राजधानी काठमाडौसहित देशका बिभिन्न स्थानबाट गृह जिल्ला फर्किएकाहरुलाई यहाँका बिभिन्न स्थानीय तहले क्वारेटाइनमा राखेका थिए ।

क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी परीक्षण गरी उनीहरुको रिपोर्ट नेगेटिभ आएको आधारमा गाउँपालिकाले क्वारेन्टाइनबाट घरतर्फ पठाएको थियो । शनिबारसम्ममा यहाँ कूल ३ सय ८९ जनाको आरडिटी परीक्षण गरिएको र परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ निरौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २०:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया