कोरोना महामारीबीच बेलारुसमा सैन्य परेड

बेलारुसमा दोस्रो विश्वयुद्धमा मिलेको जितको ७५ औं वर्षगाँठ एक भव्य सैन्य परेड निकालेर मनाइएको छ । परेडमा ठूलो भीड जम्मा भएको थियो ।

बेलारुसले यसअघि पनि कोरोनाभाइरसबारे कुनै चासो दिएको छैन । राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कोरोनाभाइरसबारे विश्वभर दिएका सल्लाहलाई खारेज गर्दै आएका छन् ।

उनले लकडाउनलाई त मनोविकृति बताउँदै आएका छन् । लकडाउनले त अर्थव्यवसथालाई झन् धेरै खराब बनाउँदै लैजाने उनले बताएका छन् ।

त्यसैले पनि हुनुपर्छ, उनले योबीचमा आफ्नो देशमा फुटबल खेल पनि खेलाएका थिए । अन्य देशले चाहिँ आज विश्व युद्ध जितेको अवसरका उत्सव मनाएनन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २०:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया