भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भयो : नेकपा विप्लव

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको बताएको छ । 

लिपुलेक नेपालको भूमि भएको भन्दै सो पार्टीले तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको जनाएको छ ।

भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै सो पार्टीले भारतविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।

विप्लव समूहको अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला (कञ्चन)ले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न विप्लव समूहले नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेका छन् ।

भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न, चीनलाई नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्र संघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हमलामा ध्यान पुर्‍याउन अपिल पनि गरेका छन् ।

भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहले ठहर गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १०:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया