कोरोनाः नयाँ हटस्पट बन्दै छ रुस

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरसले अब विश्वलाई नै प्रभावित पारिसकेको छ । विश्वका अधिकांश देशमा कोरोनाका कारण सयौँले ज्यान गुमाएका छन् । 

सुरुमा चीनमा देखिए पनि यो भाइरसले सबैभन्दा बढी मानवीय क्षति अहिले अमेरिकामा पुर्याएको छ । अमेरिकामाभन्दा पहिले यो भाइरसले युरोपको इटालीमा विध्वंस मच्चाएको थियो ।

त्यसैले पनि विश्व स्वास्थ्य संगठनले युरोपलाई यो भाइरसको इपिसेन्टर मानेको थियो । 

लगत्तै भाइरसले अमेरिकामा तान्डव देखाउन थाल्यो । 

अब अमेरिकापछि यो भाइरस रुसमा निकै प्रभाव पार्ने देखिएको छ । रुसमा पछिल्ला केही दिन यता प्रत्येक दिन १० हजारभन्दा बढी कोरोनाभाइरुस संक्रमित भेटिएका छन् । शनिबार पनि रुसमा १० हजार ८ सय १७ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै रुसमा अब १ लाख ९८ हजार ६ सय ७६ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

अहिले रुसले यो भाइरसबाट मुक्ति पाउन लकडाउन लगाएको छ । संक्रमितको संख्या निकै बढ्दै गए पनि रुसमा मृतकको संख्या भने तुलनात्मक रुपमा कम छ । शनिबार मात्र त्यहाँ १०४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । रुसमा अहिलेसम्म १८२७ जनाले यो भाइरसका कारण आफ्नो ज्यान गुमाएका छन् ।



अब संक्रमितको संख्या गन्ने हो भने रुसमा फ्रान्स र जर्मनीभन्दा पनि बढी संक्रमित भेटिएका छन् । योसँगै कोरोनाभाइरसका कारण प्रभावित देशमा रुस पाँचौ नम्बरमा परेको छ ।



  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार ११:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया