धादिङमा खुँडा प्रहार गरेर युवाकाे हत्या

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ स्थित फुलखर्कको दाङसिङ देउराली गाउँमा धारिलो हतियार (खुँडा) प्रहार गरी एक युवकको हत्या भएको छ । स्थानीय बोर्डिङका प्रधानाध्यापक समेत रहेका यमबहादुर गुरुङलाई शनिबार गाउँकै भिमसेन बुढाथोकीले खुँडा प्रहार गरेका थिए ।

धान कुट्नको लागि बोकेर मिलमा गइरहेको बेला दुवै हात र खुट्टामा लगातार प्रहार गरेर छिया छिया बनाएपछि बुढाथोकी भागेका थिए । खुँडा प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई हेलिकप्टरबाट उपचारको लागि काठमाण्डौ लैजाने प्रयास गरेपनि साँझको बेला भएर सम्भव नभएपछि एम्वुलेन्स मार्फत जिल्ला अस्पताल धादिङवेशी ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

खुँडा प्रहार गर्ने बुढाथोकीलाई स्थानीयको सहयोगमा राती नै पक्राउ गरी प्रहरीलाई बुझाइएको छ । उनी भगौडा सेना भएको र विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा सामेल भएको ब्यक्ति रहेको स्थानीले जानकारी दिएका छन् ।

खुँडा प्रहारबाट गुरुङको दाहिने हात नाडीभन्दा तल पुरै छिनेको अवस्थामा रहेकाले उपचारका लागि ल्याउदा छिमेकीहरुले टुक्रेको हात प्लाष्टिकको झोलामा राखेर ल्याएका थिए ।

हत्या गर्ने बुढाथोकीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याइएको धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए । व्यक्तिगत रिसिबीका कारण हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको रेग्मीले बताए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार ११:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया