फ्रेन्च ओपन पनि बन्द रंगशालामा हुने

फ्रेन्च टेनिसका प्रमुख बर्नाड गुडिसेलीले यो वर्षको फ्रेन्च ओपन बन्द रंगशालामा हुन सक्ने सम्भावना रहेकाे बताएका छन् । काेराेना भाइरसका कारण विवादास्पद ढंगले फ्रेन्च ओपन चार महिना पछाडि सरिसकेको थियाे ।

नयाँ कार्यक्रम अनुसार अब प्रतियोगिता सेप्टेम्बर २० देखि अक्टोबर ४ मा हुनेछ । फ्रान्सेली मिडियासँगको कुराकानीमा गुडिसेलीले भनेका छन्, ‘सबै सम्भावना खुल्ला छन्, सम्भवत: यसपल्टको प्रतियोगितामा दर्शक हुने छैनन् ।’
 

उनले टेनिस प्रेमीले यसपल्टको फ्रेन्च ओपन टीभीमा मात्र हेर्न पाउने र प्रतियोगिता हुने रोलान्ड ग्यारोसमा खेलाडी र खेल पदाधिकारी मात्र हुने पनि बताए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार ११:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया