के चीनले डब्लूएचओलाई कोरोनाभाइरस महामारीको सूचना ढिलो जारी गर्नु भनेको थियो ?

जर्मनीको एक मिडियामा समाचार छापिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) फेरि विवादमा तानिएको छ । जर्मनीको समाचार आउटलेटले चीनले डब्लूएचओलाई कोरोनाभाइरस महामारीबारे समाचार छाप्न ढिलाई गर्न अनुरोध गरेको थियो ।

अब डब्लूएचओले यसको खण्डन गरेको छ । 

जर्मनीमा २१ जनवरीमा चिनियाँ राष्ट्रपतिसँग भएको डब्लूएचओका प्रमुख डाक्टर ट्रेडोसको टेलिफोन वार्ता भन्दै उनीहरुबीच कोरोनाभाइरस महामारीबारे समयमा नै सूचना नदिने सल्लाह भएको दाबीले निकै चर्चा पाएको छ ।

‘जर्मनीको जासुसी संस्थालाई जानकारी भएअनुसार यी दुईबीच कोरोनाभाइरसबारे समयमा सूचना नदिने सल्लाह भएको थियो,’ जर्मनीको वेबसाइटमा छापिएको छ । तर, डब्लूएचओले यसलाई खण्डन गरेको छ । 

डब्लूएचओले चाहिँ त्यो दिन सी जिनपिङसँग ट्रेडोसको फोना वार्ता नै नभएको जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १४:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया