नियन्त्रणमा आउँदैछ भारतमा कोरोनाभाइरस ?

भारतमा पछिल्ला केही दिन कोरोनाभाइरसका संक्रमित निकै बढिरहेका छन् । अब त्यहाँ कम्तिमा पनि ६० हजार कोरोनाभाइरस संक्रमित पुुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

तर, आइतबार भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पछिल्ला २४ घन्टामा १० राज्यमा एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको बताएका छन् । त्यसैले अब विस्तारै भारतमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आउन थालेको अनुमान भारतीय मिडियाले गर्न थालेका छन् ।

दिल्लीमा एक कोभिड केयर सेन्टरमा पुगेको स्वास्थ्यमन्त्रीले यस्तो बताएका हुन् । 

भारतमा कोभिड १९ का कारण झन्डै २ हजारले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १५:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया