अब अष्ट्रेलियामा पनि लकडाउनको विरोधमा प्रदर्शन

अष्ट्रेलियामा पनि लकडाउनको विरोधमा प्रदर्शन हुन थालेको छ । आइतबार भएको प्रदर्शनमा १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । 

अष्ट्रेलियाको भिक्टोरिया प्रदेशको राजधानी मेलबर्नमा भएको प्रदर्शनमा कम्तिमा पनि १ सय ५० जना सहभागी थिए । उनीहरुले संसद भवनबाहिर प्रदर्शन गरेका थिए । 
प्रहरीले लकडाउनको नियम तोडेको भन्दै प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

प्रहरीले लकडाउनको नियम तोडेकामा उनीहरुलाई १६ सय अष्ट्रेलियन डलर जरीवाना लगाउँदै छ । 

अष्ट्रेलियामा कोरोनाभाइरसको महामारी नसकिए पनि तीन चरणमा लकडाउन खोलिने योजना आइसकेको छ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १६:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया