केही दिनयता बेलायतमा लकडाउनको विरोधमा प्रदर्शन सुरु भएका छन् । तर, बेलायत सरकारले अहिले नै लकडाउन नखोल्ने जनाएको छ । अब बेलायतमा वैज्ञानिकहरुले सरकारलाई लकडाउन सहज बनाएमा बेलायतमा १ लाखभन्दा धेरैको निधन हुने चेतवानी दिएका छन् ।
द सन्डे टाइम्समा आएको समाचारअनुसार गत साता पनि बेलायती सरकारलाई वैज्ञानिकहरुको एक समूहले लकडाउन अहिले नै खुकुलो नबनाउन पनि अनुरोध गरेका छन् ।
उता, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अहिले नै लकडाउन खोलिने विषयमा केही भन्न नसकिने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।