सिक्किम सिमानामा भारत–चीनका सैनिकबीच झडप, कम्तिमा ११ सैनिक घाइते

पाकिस्तान र नेपालसँग पछिल्लो समय सीमा विवादमा मुछिएको भारतको चीनसँग पनि सीमा विवाद जारी छ । अब सिक्किमको उत्तर भाग नाकु ला सेक्टरमा भारतीय र चिनियँ सैनिक एकआसपमा भिडेको समाचार बाहिरिएको छ। 

यो झडपमा दुवै देशका सेनाहरु घाइते भएका छन् । 

सैनिक सूत्रको हवाला दिँदै भारतीय मिडियामा दुवै देशका सेनाले आक्रामक रवैया देखाएको बताइएको छ । तर, झडपपछि वार्ताबाट यो समस्या समाधान भएको पनि दाबी छ ।

मिडिया रिपोर्ट्सका अनुसार शनिबार भएको यो झडपमा ४ भारतीय र ७ चिनियाँ सैनिक घाइते भएका छन् । 

यो क्षेत्रमा दुवै देशका कम्तिमा पनि १ सय ५० जना सैनिक तैनाथ गरिएको छ ।

डोकलाम क्षेत्रमा भारत र चीनबीच सन् २०१७ मा ७२ दिनसम्म झडप भएको थियो । दुवै देशका सरकारी अधिकारीहरुले वार्ताबाट १६ जुनमा सुरु भएको यो झडपलाई २८ अगस्टमा समाधान गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १८:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया